Nov 10, 2015

कुकुर तिहार र यसको धार्मिक महत्व

आज तिहारको दोस्रो दिन- कुकुर तिहार । आज कुकुरलाई मिठो खानेकुरा दिएरमाला लगाई दिने र पूजा गर्ने गरिन्छ । कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ । त्यस्तै अन्य हिंस्रक जीवजन्तु, चोर, लुटेराहरुबाट धनमाल र घर मालिकको सूरक्षा गर्दछ । चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ ।

धार्मिक ग्रन्थहरु अनुसार कुकुर यमराजको द्वारपाल हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदाबाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । महाभारत पुराणको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा संगै कुकुरलाई पनि लगेको उल्लेख गरिएको छ ।


कुकुरघरपालुवा आज्ञाकारी, रक्षक एवं गुनिलो जनावर हो । कुकुरले विनासकारी प्राकृतिक प्रकोप तथा दैवीविपत्तिका बेला पुर्वसुचित भई भुकेर त्यसको संकेत गर्न सक्छ भन्ने विश्वास छ ।आधुनिक समयमा कुकुरका बिभिन्न नश्ल र जातहरुको विकास गरी सौखका निमित्त समेत कुकुरपाल्ने चलन बढेको छ । शहर बजारमा महंगा मुल्यमा कुकुरहरु खरिद बिक्री हुने गर्दछन्। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने विश्वास छ ।
कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, यसलाई घ्राँण शक्तिका कारण अपराध अनुसन्धानमा महत्वपूर्ण साधनका रुपमा प्रयोग गरिन्छ ।सुँध्ने शक्ति अत्याधिक भएका कारण कुकुरले अपराधी पत्ता लगाउन ठुलो मद्दतपुर्याउँदछ । अपराध अनुसन्धानमा संलग्न रहेका तालिमप्राप्त कुकुरको दर्जा अनुसार मर्यादा गरेर पूजा गर्ने र सलामी समेतदिइन्छ ।
कुकुर तिहारमा हरेक नेपालीले आफ्नो घर आगनमा कुकुरलाई टीकातथा विभिन्न खालका माला लगाइदिएर खानेकुरा खान दिई पूजा गर्दछन् । कुकुरको पूजानगरी खाना खाएमा पाप लाग्ने र यमराजको दण्डको भागि हुनुपर्ने शास्त्रीय भनाई रहेकोछ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर इमान्दार र वफादार जनावर भएकोलेकुकुर तिहारका दिन इमान्दारिताको सम्मानस्वरुप यसको पूजा गरिन्छ । यमपञ्चकभरिपशुपंक्षीको सम्मानपूर्वक पूजा गर्नु भनेको प्रकृतिका सबै जीवजन्तुसंग मानव जातिकोसहअस्तित्व रहेको छ भन्ने सन्देश दिनु पनि हो ।
तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवको बाहनका रुपमा पूजा गरिन्छ । पुराणहरूमा कुकुरलाई दैनिक पूजागर्नुपर्छ भनिए पनि यस्तो गरिंदैन । तर ग्रिस रइजिप्टमा भने अहिलेपनि कुकुरको दैनिकपूजा हुने गरेको अनुसन्धानकर्ताहरुले बताएकाछन् । कुकुर रुनुलाई अनिष्ठको संकेतका रुपमा लिने गरिन्छ । कुकुर रुएमा कसैको मृत्यु हुन्छ भन्ने जनविश्वास छ ।
आजको दिन मासको पातको तरकारी खाने चलन रहेको छ । लिङ्गपुराणअनुसार मासको पातको साग खाँदा मानिसले जीवनकालमा गरेका पापहरु नास हुन्छन्भन्ने जनश्रुति कायमै छ । त्यस्तै पाप नास गर्न तथा नरकलाई खुशी पार्न नरक नुहाउनेचलन पनि छ । यसरी नरक नुहाइसके पछि दीप दान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसोगर्दा पापहरु नास भई मरेपछि स्वर्गको बास हुने विश्वास छ । कुकुर तिहारका दिनबिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शनगर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

Copied from: Hamro Patro

0 comments:

Post a Comment