May 30, 2022
May 25, 2022
२०७८ जेष्ठ ११ । नेपाल क्रिकेट एशोसियसनले मंगलबार एक निर्णय गर्दै खेलाडि तथा कर्मचारीहरूको तलवमा वृद्धि गरेको छ । महङ्गी बढ्दै गइरहेको अवस्थामा तलव वृद्धि स्वभाविक नै छ । तर तलव वृद्धिको रकम भने फरक छ – महिला र पुरूषका हकमा ।
खेलः क्रिकेट |
ग्रेड ए |
ग्रेड बी |
ग्रेड सी |
पुरूष |
६० हजार रूपैयाँ मासिक |
५० हजार रूपैयाँ मासिक |
४० हजार रूपैयाँ मासिक |
महिला |
२६ हजार रूपैयाँ मासिक |
१८ हजार रूपैयाँ मासिक |
१६ हजार रूपैयाँ मासिक |
हुनत
अन्तराष्ट्रिय स्तरमा महिला पुरूषका तलवबिच विभेद हुने गरेको पाइन्छ । पुरूषका
खेलको बढि लोकप्रियता, राइट्स र विज्ञापनबाट बढि आम्दानी
उठ्ने भन्दै पुरूषलाइ बढि तलवलगायतको सुविधा दिइने गरेको पाइन्छ । संयुक्त राज्य
अमेरिकामा पनी महिला फुटबल खेलाडिहरूले निकै लामो समय संघर्ष नै गर्नुपरेको थियो,
समान तलवका लागि । अन्ततः हालै उनीहरूको माग सफल भयो। ब्राजिल, इन्ग्ल्याण्ड, अष्ट्रेलिया,
नर्वे, न्यूजिल्याण्ड लगायत देशमा फुटबलमा समान पारिश्रमिक प्रदान गरिएको पाइन्छ । तर अन्य देशमा भने अझै पनी तलव
विभेद देखिन्छ । "Equal Opportunity र Equal Pay" का नारा
घन्काउने युरेपेली देशहरूमा पनी यो विद्यमान नै छ । हाम्रो छिमेकी राष्ट्रमा यो
विभेद झन डरलाग्दो छ । क्रिकेटमा ग्रेड ए का पुरूष खेलाडिले ५ करोड प्रति वर्ष
प्राप्त गर्दा सोहि ग्रेडकी महिला खेलाडीले त्यसको १० प्रतिशत अर्थात रू ५० लाख मात्र
पाउँछिन् ।
अन्य देशमा
जस्तो प्राक्टिस भए पनी हामीले सबैकुरा विदेशकै अनुकरण गर्नुपर्छ भन्ने आवश्यक छैन । केहि कुरा त हामी आफैले पनी तय गर्न सक्छौं । महिला वा
पुरूष –
खेलमा परिश्रम
समान हुन्छ । समान परिश्रमको मुल्याङ्कन समान हुनुपर्छ र पारिश्रमिक पनी समान नै
दिइनुपर्छ ।
केहि वर्ष
अगाडि एन्फाले महिला पुरूष दुवैको पारिश्रमिक समान बनाएर अनुकरणीय काम गरिसकेको छ
। यो अवस्थामा क्यान लगायतका अन्य खेल संघले पनी समान पारिश्रमिक बनाउनु पर्ने
अवस्था देखिन्छ । समान तलव बनाउ भन्नुको अर्थ पुरूषको घटाएर महिलालाइ देउ भन्ने
पक्कै हैन, बरू महिलालाइ पनी पुरूष सरह नै प्रदान गर भन्ने हो । देशलाई प्रतिनिधित्व गर्ने संस्थामा त झन एक समान हुन आवश्यक छ । खेलले लोकप्रियता कमाउँदै जादाँ खेलबाट
आम्दानी पनी प्रशस्त भएको खण्डमा आधार तलव भन्दा बढी दिइने बोनसहरूमा आम्दानीका हिसाबले जसले बढी योगदान गर्छ त्यसलाइ
बढी दिनु एउटा तर्क रहला । तर अहिलेको हाम्रो खेलको अवस्था भनेको विकास हुदै गरेको र
खेलाडिको पारिश्रमिकको अवस्था भनेको दैनिकी जीवनयापन हो - कम्तीमा यसमा विभेद हुनुहुदैन।