नेपाली हरुले अन्य पहिरन को तुलाना मा टोपी लाई अति नै महत्व दिएको पाइन्छ, मानौ टोपी हाम्रो 'अस्तित्व' हो । भारतीय नेपालीहरुले पनि टोपीलाई आफ्नो मौलिक पहिचान ठान्दछन । टोपी नेपाली पहिचान हो कि होइन, इतिहास कोट्ट्यायो भने सोच्नु पर्ने हुन्छ ।
करिब दुइ सय पचास बर्ष अगाडी नेपाल मा टोपी लगाउने चलन थिएन । घरबुना धोति कछाड र फेटा को चलन थियो, हातले सिलाएर लाउने. गाउँ घर तिर त नसिलाई गाँठा पारेर समेत लुगा लगाउथे अधिकांश गरिब नेपाली हरु । जबकी पश्चिम मा औद्योगिक क्रान्ति भएर दुनिया आधुनिक भैसकेको थियो, संसार भरि रेल दौडियी सकेको र बेलायेत ले आधा संसारमा राज गरेको थियो यो बेला! नेपाल भने बाहिरी दुनिया सित बेखबर थियो ।
करिब २०० - २५० बर्ष अगाडी लखनौ बाट केहि मुस्लिम व्यापारीहरु नेपाल आए व्यापार गर्न । उनीहरुले चुरा-पोते, सिरक-डसना, मुस्लिम संस्कृतिका लुगा-फाटो को साथ् मा टोपी पनि ल्याएर बेच्न थाले । पछि टोपी र अन्य लुगा-फाटो नेपालमा नै बनाउन थालियो । हाल हाम्ले आफ्नै ठानेको भादगाउँले र ढाका को टोपी अरब, इरान, ईजिप्ट, अफगानिस्तान, भारत, इन्डोनेशिया लगाएत का मुस्लिम संस्कृति मा सताब्दियौं देखि प्रचलन मा छन्. जसरि हामिले बेलायेती कोट, अमेरिकी जिन र भारतीय धोति लाई अपनायौं त्यसरी नै टोपी लाई मुस्लिम संस्कृति बाट नेपाल मा अपनाएका हौँ जुन स्वाभाविक हो र नराम्रो कुरा होइन ।
'आफ्नो भाषा, आफ्नो भेष' बेलायेती उपनिवेशको पतन पछि निकै पपुलर नारा भयो हरेक देश मा अब बिश्व एक गाउँ जस्तॊ भएको छ संस्कृति एकै हुदै छ हरेक देशमा । भेष भुषा, खानपान, गीत-संगीत कला अनि भाषा संसार का हरेक देश मा करीब करिब उस्तै हुदै गइरहेका छन् । हरेक देशका नया पुस्ता को लाइफ स्टाइल, रुचि र भाषा मा समानता छ । यो कसै ले रोकेर रोकिन्न । जीवन र संस्कृति परिवर्तनशील छ ।
जापान को राष्ट्रिय पोशाक के? चीन, भारत लगाएत संसार का अधिकांश देश ले अन्तर्राष्ट्रिय पोशाक लाई एडप्ट गरिसके. केवल अफगानिस्तान, भुटान, नेपाल, ईथियोपिया लगाएत केहि पिछिडिएका एशियाई र अफ्रिकी मुलुकहरु 'आफ्नो भाषा,आफ्नो भेष' को रतिमा रमाएका छन् ............... अब हामीले पनि सोच्नेकी?
Credit goes to Bimal Nepal sir.
[The article is a personal view of Bimal sir. I shared it for the history of Dhaka Topi. All credit goes to him]
Dec 24, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment